काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै यही अवधिमा ९ हजार २ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यसअघि आइतबार ८ हजार ८ सय ५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।

पीसीआर विधिबाट १७ हजार ६ सय २३ र एन्टिजेन विधिबाट ७ सय ८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ।

सोमबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृतकको कुल संख्या ३ हजार ८५९ पुगेको छ ।

यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १ सय ४१ पुगेको छ ।

तपाईको प्रतिक्रिया