काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमित भएपछि १८ दिनदेखि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारत शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

अस्पताल भर्ना भएको केही दिनपछि शाहलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ । लगातार अक्सिजनकै सहयोगमा उपचार गराइरहेका शाहको स्वाब रिपोर्ट नेगेटिभ आएपछि अक्सिजन दिन छाडिएको छ ।

यस्तै, पूर्व रानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । उनको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको पनि अस्पतालले जनाएको छ ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

तपाईको प्रतिक्रिया