काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पीसीआर परीक्षण रोकिएको छ ।

अस्पतालका निर्देशक डा सागर राजभण्डारीले किट अभावले मंगलबारदेखि पीसीआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा किट नआएपछि पीसीआर परीक्षण रोकिएको बताए ।

हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ , उनले भने, अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो । उनका अनुसार आगामी आइतबारदेखि पुनः पीसीआर गरिनेछ । राससबाट

तपाईको प्रतिक्रिया