– मिना श्रेष्ठ

एक थान हृदय
दुई थान आँखा
घरी के गर्छन् ,
घरी के भन्छन् ,

मुटु भित्र भक्कानो फुटे पनि

आँखाको सागर छल्किए पनि
बदमाश हृदय सम्हाली रहन्छ,
बदमाश आँखा नियाली रहन्छन्

एक पछी अर्को भ्रम
एउटा भ्रम सकियो ,
रहन्छ केवल
केहि पल रित्तो हृदय
केहि समय शून्य मस्तिष्क

अनि.. पुनः
जोडिरहन्छन भ्रमका सृंखलाहरु
भ्रम भ्रम भ्रम
उस्तै भ्रम..
तेस्तै भ्रम ..

तपाईको प्रतिक्रिया