हङकङ । सानै देखि गीत संगीत मा रुचि राख्ने कृष्ण काइदाको भेट हङकङ आएपछि आफ्नो मित्र तथा नेपथ्यका संस्थापक ड्रमर भिम पुन हुन्छ । पुन मार्फत उनको परिचय वरिष्ठ संगीतकार श्री दिनेश सुब्बासंग हुन्छ । त्यसपछि भिम पुनको पहलमा स्व.अरुण थापाको गीत कतै टाढा तिमी बाट पुगे भन्ने पहिलो कभर गीत दिनेश सुब्बाको स्टुडियो हिमालय टोन्स हङकङमा रेकर्ड गर्न सफल हुन्छ्न।

अहिले पुन गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु” भन्ने दोस्रो कभर गीतको भिडियो बजारमा आएको छ । हङकङ निवासी काईदाले व्रिटिस फोर्स ब्रोडकाष्ट सर्भिस ( BFBS)मा सबै लाहुरे समुदाय तथा नेपालीहरुको मन जित्न सफल चार दशक पूरानो गीतलाई कभर गीतको रुपमा प्रस्तुत गरेका हुन् ।

कृष्ण काईदाको स्वरमा रहेको कभर गितको बाद्यवादनमा हङकङका स्थानिय कलाकारहरु भीम पुन (पूर्व नेपथ्य ड्रमर),रक डोजन लिम्बु, कुल गुरुङ र रोशन थापाको साथ रहेको छ भने प्रविधिमा मीन विष्ट,कुमार थापा, विनोद मेख्खु र दिनेश सुब्बा (हिमालय टोन्स हङकङ) को सहयोग रहेको छ ।

यसअघि पनि कृष्ण काईदाले अरुण थापाको “कतै टाढा तिमीबाट” गित कभर गितको रुपमा गाईसकेका छन् ।
“निष्ठुरी भन्छ्यौ किन मेरी मायालु” गीत पोखरा राम वजार घर भएका भुपू व्रिटिस आर्मी देव गुरुङको शब्द, स्वर र संगितमा रहेको छ ।

तपाईको प्रतिक्रिया