काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बनको कार्वाही फुकुवा गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गर्दै नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कार्वाही फुकुवा गरेको हो ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयको अन्तिम दिन प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक बसेको हो । बैठकले चारै जना नेताहरुको कार्वाही फुकुवा गरेको हो । एमाले स्थायी कमिटीको यो निर्णयसँगै एमालेमा एकताको ढोका अघि बढेको छ ।

पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथि गरिएको ६ महिनाको निलम्बन फुकुवा गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया