काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले काग्रेस महामन्त्री डा शशाँक कोइरालालाई प्रधानमन्त्री बनाउनका लागी प्रस्ताव गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आज भएको कांग्रेस र जसपाको ठाकुर पक्षबीच भएको वार्तामा कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्ताव अश्वीकार गर्दै महामन्त्री कोइरालालाई प्रधानमन्त्री बनाउन आफुहरु तयार रहेको ठाकुरले बताएका थिए ।

ठाकुर निकट स्रोतका अनुसार देउवाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो नेतृत्वको सरकार गठनमा सघाउन आग्रह गरेका थिए । तर, ठाकुरले प्रधानमन्त्री डा कोइरालालाई काँग्रेसले प्रस्ताव गरे सहमत हुने बताएका थिए । यदि काग्रेसको निर्णयमा पुर्न बिचार नभए यस अघि नै आफूले भनिसकेको भन्दै जसपाको भर नपर्न ठाकुरले देउवालाई सुझाव दिएका छन् ।

जसपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाईसमेत गराइसकेको भन्दै जसपा फुटाउने प्रयास नगर्न आग्रह समेत गरेको बताइएको छ ।यता उपेन्द्र यादव पक्षले भने पार्टी केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर आफ्नो पक्षका बहुमत जुटिसकेकाले अब माधव नेपाल पक्षले राजीनामा गरेमा परिस्थति निर्माण हुने बताएको छ ।

तपाईको प्रतिक्रिया