काठमाडौं । सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सरकारले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीया र ब्राजिलमा राजदुत सिफारिस गरेको हो ।

सरकारले परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्लेलाई अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टका लागि राजदूत सिफारिस गरेको छ । सिफारिसमा परेकाहरुमा तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशचन्द्र पौडेल श्रीलंका, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख कृष्णचन्द्र शर्मालाई दक्षिण कोरिया, सुम्निमा तुलाधरलाई अस्ट्रेलियाको राजदुतका लागि सिफारिस गरिएको छ । यसैगरी जंगबहादुर (जंगब) चौहानलाई रुसका लागि प्रस्ताव गरिएको छ ।

यस्तै, नारायणप्रसाद संग्रौला म्यान्मार र पूर्वमन्त्री युवराज कार्की बहराइनका लागि राजदूत सिफारिस भएका छन् । यसैगरी ब्राजिलमा कुलप्रसाद नेपाल, डेनमार्कमा दमककी सुमित्रा सुवेदी भण्डारी र साउदी अरेबियाको राजदूतमा मेराज मुसलमानलाई प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया