काठमाडौं । कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर थप १ सय ८७ जनाले ज्यान गुमाएका छन् भने ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यसअघि शुक्रबार देशभर ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ३ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टिजेन विधिबाट ५ सय ७७ जनाको परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ५ हजार ४ सय ८८ जनाले कोरोना जितेका छन् ।

यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये ४८५६ जनाको मृत्यु भएको छ भने बाँकी १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

तपाईको प्रतिक्रिया