गीतकार तथा फिल्म निर्देशक चेतन कार्कीको ८३ वर्षको उमेरमा कोभिड १९ का कारण निधन भएको छ।

कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । हिजो दिउँसोदेखि अक्सिजनको कमी भएपछि उनलाई इमर्जेन्सीमा राखिएको र आज बिहान १०:२५ मा उहाँको निधन भएको विभिन्न समाचारहरूमा जनाइएको छ ।

दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उनको जन्म १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुम आरुखर्कमा भएको थियो।

तपाईको प्रतिक्रिया