-नरजीत राइ

फेसबुकका भित्ताहरुमा
दिवंगत हुनेका फोटोहरु
श्रद्धाञ्जलीका शब्दहरु
समबेदनाका मार्मिक बाक्यहरु
नयाँ नयाँ दिन दिनै जसो
वालमा अपलोड भइ रहदा
मन दुखि र पीडाले चहराउछ।
खाउ खाउ लाउ लाउ उमेरकाहरु
जिवनमा केही गरौं, सिकौं भन्नेहरु
नफर्कने बाटो पछ्याइ रहेछन
बिभिन्न कारणहरुले निधन भएकाहरु
अथाह धन सम्पती हुनेहरु पनि
कोहि बलवान हुनै नसक्ने
मृत्यु असहय नै हुदो रहेछ
बाच्नेहरुका लागि
मैले पनि दुई शव्द कोरेर
फेसबुकका वाल मार्फत
श्रद्धाञ्जली अर्पण गरि रहेछु।
धर्तीबाट बिलिन हुनेहरुलाई

दिवङ्गत हुनेहरुका कथा र ब्यथा
आफ्नै पिडा पनि थिए होलान
ज्ञानका लागि समय खर्चिएका थिए
उनिहरुले पनि भबिस्य बनाउन
जिन्दगीलाई कठोर बनाए होलान
अहिले म जस्तै ठ्याकै
धर्तीमा बाची रहने चाहनाहरु
मिथकहरुमा लेखिएको
समय र काल आए पछि
सुप्तुलुङ, बैकुण्ठ र स्वर्गहरुमा
आत्माहरुले बास लिन्छन रे
दिबङ्गत भइ सन्सार छाड्नेहरु
यदि सत्य हो भने शान्ती मिलोस
भावपुर्ण श्रद्धाञ्जलीका मालाहरु
हार्दिकता साथ चढाइ रहेको छु।
फेसबुकका भिताहरु मार्फत
बिभिन्न कारणहरुबाट निधन भइ
यो लोक छाड्नेहरुलाइ

कसैको लागि धर्तिमा बिलिन हुन
कुनै तिथि,मिति तोकिएको छैन
मृत्यु त सर्ब सत्य नै हो
कहिले ,कहाँ, कतिखेर,कसरी नजानिने ,नबुझिने प्रकृतिको बिधान
जन्म र मरण त भाबिको लेखान्त रे
कसैले थाहा पाउन नै नसक्ने
बिभिन्न कारणहरुले ढल्नै पर्ने
एकबारको प्रिय जिन्दगी
रिस,राग, ईर्ष्या धनी गरिबका
नमिठो अनुभुतीहरुलाइ लात मारेर
कहालीलाग्दो सन्सारबाट मुक्त हुनेहरु
आत्माहरु नमर्ने भए ति आत्माहरु प्रति
हार्दिक श्रद्धाञ्जलीका मालाहरु
भावपुर्ण फेसबुक मार्फत चढाइ रहेछु।
बिभिन्न कारणबाट निधन हुनेहरुलाइ
यो लोक छाडेर जानेहरुलाइ

-हङकङ आगलागीमा निधन भएका आत्माहरु प्रति समर्पित

19 नोभेम्बर 2020

तपाईको प्रतिक्रिया