काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण र ४ सय ३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार २ सय ४७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

यसअघि हिजो नेपालमा ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

थप २१४ जना कोरोना संक्रमितको मृत्यु

यस्तै पछिल्लो २४ घण्टमै नेपालमा थप २ सय १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया