काठमाडौं । सर्वोच्च अदालतले नयाँ अभ्यासको सुरुआत गरेको छ । वहसका लागि अब कानुन व्यवसायीले सर्वोच्च अदालत धाउन नपर्ने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सर्वोच्च अदालतमा भर्चुअल प्रविधिबाट बहस थालिएको हो ।

सर्वोच्चले आजदेखि कानुन व्यवसायीलाई आफ्नै फर्म अथवा अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको हो । आज न्यायाधीश अनिल सिन्हाको एकल इजलासबाट भर्चुअल बहसको व्यवस्था मिलाइएको थियो । आजको बेञ्चमा बन्दी प्रत्यक्षीकरण सम्बन्धी ६ वटा निवेदनको सुनुवाइ भएको छ ।

शुरूआती चरणमा एउटा बेञ्चबाट भएको बहसलाई सरोकारवालासँगको समन्वयमार्फत व्यवस्थित गरिने सर्वोच्चका सह(प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । न्याय सम्पादनलाई प्रविधिमैत्री बनाउने रणनीति अन्तर्गत यो विधि अपनाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया