साताको पाँचौँ दिन आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९्३ हजार ३ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ४ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि ४ सयले नै बढेर ९३ हजार २ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ भने १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ३ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६६ रुपैयाँ कायम गरेको छ ।

तपाईको प्रतिक्रिया