काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै देउवाले पार्टीको तर्फबाट ज्ञापन पत्र बुझाएका हुन् ।

पार्टीका पदाधिकारीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सभापति देउवाले ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री ओलीलाई जनताको जीवनप्रति जिम्मेवार रहन आग्रह गरे । ज्ञापन पत्रमा कोरोनाविरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराउन, अक्सिजनको अभाव अन्त्य गर्न र खोप खरीदमा भएको अनियमितताको छानबिन गर्न माग गरिएको छ ।

कांग्रेस सभापति देउवाले खोप किन्ने कुरामा पनि भ्रष्टाचार गरेको कुरा आएको भन्दै यो त अति भयो नि भनेपछि प प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सरकारले दिनरात प्रयत्न गरेको र भ्रष्टाचारको आरोप निराधार रहेको प्रतिक्रिया दिएको बताइएको छ ।

भेटमा सभापति देउवाले कोरोनाको तेस्रो लहरको चेतावनी विज्ञहरुले दिइसकेकाले बेलैमा तयारी गर्न सरकारलाई सुझाएका थिए ।

तपाईको प्रतिक्रिया