काठमाडौं । राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन् । एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै कांग्रेस, माओवादी र एमालेको माधव नेपाल पक्षीय गठबन्धनका उम्मेदवार देवकोटा विजयी भएका हुन् ।

देवकोटाले कुल ५ हजार ८८ मतभारसहित विजय हासिल गरेका हुन् । बादलले ४ हजार १४ मत प्राप्त गरेका छन् । एमालेको माधव नेपाल पक्षका मत तान्न नसकेपछि बादलको विजय असम्भव बनेको हो ।

तपाईको प्रतिक्रिया