काठमाण्डौ । नेपालमा थप ८,३०५ जनामा कोरोनाभाइरस सङ्क्रमण कोभिड १९ कारणले १९० जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बिहीवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २२,०८७ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला परेको र अहिले काठमाण्डू जिल्लामा २,६०० जनामा तथा भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा कोभिड १९ पुष्टि भएको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,५४३ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभरि १,१५,८०० जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण छ। यसअघि बुधवार मन्त्रालयले ८,१७३ जनामा कोरोनाभाइरस सङ्क्रमण र २४६ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको पुष्टि गरेको थियो ।

तपाईको प्रतिक्रिया