काठमाडौँ । संसद विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरुले सर्वोच्च अदालत गुहार्ने भएका छन् । शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद सहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित भोलि  न्याय माग्दै सर्वोच्च जान लागेका हुन् ।

आज शनिबार काठमाडौंको नयाँ बानेश्वरमा बसेको पाँच दलको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षड्यन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने बताए । उनले आइतबार १ सय ४९ सांसद र यो विघटनको विपक्षमा रहेका अन्य सांसदहरुको हस्ताक्षरसहित सर्वोच्च जाने बताए ।

तपाईको प्रतिक्रिया