काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरबाट ८ हजार ८ सय ४८ जना निको भएका हुन् । योसँगै नेपालमा निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

यस्तै पीसीआर विधिबाट गरिएको १९ हजार ३ सय ५७ परीक्षणमा २४ घण्टामा ८ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । एन्टिजेन विधिबाट गरिएको ७ सय ४८ परीक्षणमा ३ सय ८९ जनामा पोजिटिभ देखिएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५६ हजार ६ सय ४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८ सय ६ पुगेको छ भने क्वारेन्टाइनमा ८ सय ६६ जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म पीसीआर परीक्षण २८ लाख ९७ हजार ५ सय ३ भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया