काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ९ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यसअघि शनिबार देशभर ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १ सय २९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९ सय ६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९ सय ३१ नमुना एन्टिजिन विधिबाट भएको छ । जसमा ७ हजार ५ सय ९८ जनाको पीसीआर विधि र एन्टिजिन विधिबाट ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १ लाख १५ हजार ५ सय ४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३ सय ४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १ सय ९८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६ सय ६४ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भक्तपुरमा ३ सय ६६, ललितपुरमा ६ सय ९४ र काठमाडौंमा १ हजार ७ सय ६१ गरी कुल २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया