२३ मे २०२१। हङकङ । क्रान्ति सुब्बा ।

आज बेलुकी ८ बजे हङकङ सरकारले ताइ कोक चुइ स्थित आइल्याण्ड हार्वरभिउको टावर ६ मा रात्रीकालिन लकडाउन जारी गरेकोछ। यो टावरनिवासी एक घरेलु कामदारमा कोरोना भाइरस भेरिएन्ट N501Y द्वारा प्रारम्भिक पोजिटिभ देखिएको कारणले लकडाउन गरिएको हो।

यो लकडाउन भोलि बिहान ७ बजे समाप्त हुने कुरा सरकारले गरेकोछ।

सरकारको प्रवक्ताको भनाइ अनुसार फिलिपिन्सबाट आएकी आइल्याण्ड हार्वरभिउ टावर ६ मा बस्ने घरेलु कामदार कोरोना भाइरसको म्युटेड भेरिएन्ट स्ट्रेनद्वारा संक्रमित भएका कारण यो लकडाउन गरिएको हो।

रातको १२:३० भित्र यो टावर निवासी सबैले अनिवार्य कोरोना परिक्षण गराइसकेको हुनुपर्ने भएकोले कसैले पनि  आफ्नो वतन छोड्न पाउने छैनन् ।

मे २१ देखि २३ तारीखको समय अवधिभित्र  कोरोना परिक्षण गरेर नेगेटिभ परिणाम आएकाहरुले आजको परिक्षणमा भाग लिनु पर्दैन ।

मे ३  देखि २३ तारीखको समयावधि भित्र २ घन्टा भन्दा बढी यो बिल्डिङभित्र समय व्यतीत गरेका जोकोहीले मे २५ मा वा सो भन्दा अगाडि अनिवार्य कोरोना परिक्षण जानू पर्ने आदेश सरकारले जारी गरेकोछ।

अनिवार्य कोरोना परिक्षण आदेश उलंघन गर्नेलाई हङकङ डलर ५ हजार जरिवाना हुने प्रावधान रहेको छ।

संक्रमित घरेलु कामदार एक ४६ वर्षकी फिलिपिनो महिला हुन जो फेब्रुअरी ८ तारीख आफ्नो पुर्व मालिकको परिवारजन संग पाकिस्तान गएकी थिइन। ऊनी अप्रिल ३ तारीख हङकङ आएर २१ दिने क्वारेन्टाइन अवधि व्यतीत गर्न साइ यिङ पुन स्थित रामादा हार्वरभिउ होटलमा बसेकी थिइन।

क्वारेन्टाइन सकिएपछि अप्रिल २९ तारीखसम्म उनी आफ्नो पुर्व मालिकको निवास ताइ वङ हा रिसाइट भिलेज चिङ यी मा बसेकी थिइन। त्यसपछि उनी आफ्नो भावी इम्प्लोयरको वतन टावर ६ आइल्यान्ड हार्वरभिउमा सरेकी हुन।

ती घरेलु कामदार अप्रिल २८ तारीख र मे ७ तारीख गर्व्र दुई चोटि भाइरस टेस्टमा गएकी थिन तर दुबै चोटि परिणाम नेगेटिभ आएको थियो ।

हङकङ सरकारले फरेन डोमेस्टिक हेल्परको लागी अनिवार्य दोस्रो चरणको भाइरस टेस्टको सूचना जारी गएपछि उनी पुन हेनरी जि ल्यङ याउ मा तेइ भ्याक्सिनेसन सेन्टरमा टेस्टको लागि हिजो सनिवार मे २२ तारीख गएकी थिन। परिणाममा आज उनमा N501Y भेरिएन्ट भाइरस देखियो।

प्रारम्भिक पोजिटिभ पुष्ठि भएपछि सरकारले उक्त बिल्डिङ्लाइ लकडाउनमा लगेको हो।

तपाईको प्रतिक्रिया