काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकृतमा डा. जागेश्वरगौतमलाई नियुक्त गरेको छ । कोरोना संक्रमितको उपचार सहज बनाउन सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्न छुट्टै कानुनी व्यवस्था गरेको छ । गौतमले मंगलबारदेखि कार्यभार सम्हाल्नेछन् ।

सरकारले यो अस्पतालमा ५ सय शय्या व्यवस्थापन गर्ने निर्णय गरेको थियो । केन्द्रीय अस्पतालले जुनसुकै स्वास्थ्य संस्थालाई पनि कोभिड अस्पतालका रूपमा सञ्चालन गर्न निर्देशन दिन सक्छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी प्रोटोकल जारी पनि यही अस्पतालले गर्नुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया