काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच हालैका दिनमा भेट नभएको प्रष्ट पारेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले आज प्रेस विज्ञप्ति नै जारी गरी प्रधानन्यायाधीश जवरा र प्रधानमन्त्री ओलीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचार सतप्रतिशत झुटो रहेको र त्यस्मा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् ।

मंगलवार केही संचार माध्यमले प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जवराबीच भेटबार्ता भएको भन्दै समाचार प्रशारण गरेका थिए । सर्वोच्च अदालतले सो विषयमा मुख खोल्दै आपत्ति जनाएको छ । विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ । जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए ।

हेर्नुहोस् सर्वोच्च अदालतको प्रेस विज्ञप्ति :

तपाईको प्रतिक्रिया