काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने भएको छ । चीनले नेपाललाई तत्कालै अनुदान स्वरुप १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको हो ।

आज राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

तपाईको प्रतिक्रिया