काठमाडौं । कोभिसिल्ड खोपको दोस्रो डोज आजदेखि लगाइएको छ । यसअघि गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको खोप कोभिसिल्ड लगाएकाहरुलाई दोस्रो डोज दिइएको हो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य कार्यालय ललितपुरले अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई दोस्रो डोज दिन लागिएको जनाएको छ ।

आज सुरक्षाकर्मीलाई मात्रै र बिहिबार र शुक्रबार दुई दिन स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाईकर्मी, पत्रकार, कूटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीलगायतलाई खोप लगाइनेछ ।

आज महानगरीय प्रहरीवृत्त, जाउलाखेल, ललितपुरमा बिहान १० बजेदेखि खोप लगाइँदैछ भने बिहिबार र शुक्रबार स्वास्थ्य कार्यालय, ललितपुरमा खोप लगाइनेछ । दोस्रो डोजका लागि पहिलो डोज लगाएको खोप कार्ड र आ–आफ्नो फोटोसहितको परिचय खुल्ने कागजात लिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया