काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज भारतका राष्ट्रपति कोविन्दलाई पत्राचार गर्दै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गरेकी हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालक अनुसार राष्ट्रपति भण्डारीले कूटनीतिक माध्यममार्फत भारतका राष्ट्रपतिलाई नेपालमा खोप उपलब्ध गराउनको लागि पहल गर्न आग्रह गरेकी हुन् । उक्त पत्रमा राष्ट्रपतिले नेपालको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भारतले गरेको सहयोगलाई लिएर धन्यवाद पनि दिएकी छन् ।

भारत सरकारले अहिलेसम्म नेपाल सरकारलाई १० लाख खोप अनुदानमा दिइसकेको छ । एक लाख खोप भने भारतीय सेनाले नेपाली सेनालाई सहयोग गरेको थियो । त्यसपछि नेपालले भारतबाट २० लाख खोप खरिद गरेकामा हालसम्म १० लाख खोपमात्र आइपुगेको छ ।

खरिद गरेकै बाँकी १० लाख खोप नेपाल कहिले आउछ भन्ने हालसम्म टुंगो लागेको छैन ।

तपाईको प्रतिक्रिया