काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोभिड १९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १९ हजार ३० नमुनाहरुको पीसीआर परीक्षणमा ६ हजार ६ सय ७७ जनामा कोरोना पुष्टि भएको जानकारी दिइएको हो । ३ सय २२ नमुना एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा पोजिटिभ देखिएको छ ।

यस्तै २४ घण्टामा ६ हजार ७ सय १६ जना निको भएका छन् । थप १ सय ४५ जनाको निधन भएको छ ।

नेपालमा सक्रिय संक्रिमतको संख्या भने १ लाख १७ हजार ७७ पुगेको छ ।

तपाईको प्रतिक्रिया