काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित भेटिँदा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका हुन् ।

२० हजार ४ सय १४ पीसीआर परीक्षणमा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टिजेन परीक्षणमा २ सय ८ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ नयाँ संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १ सय ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ ।

तपाईको प्रतिक्रिया