दाङ । भेरी अस्पताल बाँकेका डाक्टर तथा नर्शमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

रावतमाथि बिहिवार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको र अस्पताल तोडफोड गरेको आरोप लागेको छ । आरोपीलाई बाँके जिल्ला अदालतले आज ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

तपाईको प्रतिक्रिया