काठमाडौं । अखिल नेपाल महिला संघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि विभिन्न लान्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने काम बन्द गराउन भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

संविधानको संरक्षकको हैसियतले राष्ट्रपतिबाट संविधानप्रदत्त दायित्व निर्वाह गर्दाका विषयहरुमाथि प्रश्न उठाई राजनीतिक दल, सञ्चार माध्यमलगायत विभिन्न सामाजिक सञ्जालमा विभिन्न किसिमका गाली गलौज गर्ने, अपमानित गर्ने, सामाजिक सञ्जालहरुमा अमर्यादित टिप्पणीहरु गर्ने तथा विभिन्न लान्छना लगाई व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता निन्दनिय कार्य भइरहेको भन्दै अनेमसंघले आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा यस्ता कार्यहरुलाई तत्काल रोक्न र यस्ता अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनको दायरामा ल्याई यथासिघ्र कानूनतः कारवाही गर्न पनि आग्रह गरिएको सहसंयोजक थममाया थापाले जानकारी दिइन् ।

 

तपाईको प्रतिक्रिया