काठमाडौं । अब ज्येष्ठ नागरिकले मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पाउने भएका छन् । आज शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएपछि अब ज्येष्ठ नागरिकले महिनामा ४ हजार भत्ता पाउने भएका हुन् ।

उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ ।

तपाईको प्रतिक्रिया