काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको छ ।

आर्थिक वर्ष २०७८/७९ का सरकारले निजामती कर्मचारीको तलव बढाउने निर्णय गरेको छ । कोरोना महामारीका बीच कर्मचारीको मनोबल बढाउन उक्त निर्णय लिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । त्यस्तै कर्मचारीले हाल पाइरहेको महंगी भत्तालाई कायमै राखिएको छ ।

साथै तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न पे कमिसन गठन गर्ने समेत मन्त्री पौडेलले बताए ।

त्यस्तै सरकारी कर्मचारीको १० लाखसम्मको सामूहिक दुर्घटना बिमा र एक लाखसम्मको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ ।

मन्त्री पौडेलले सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निर्माण गर्नेसमेत बताएका छन् ।

तपाईको प्रतिक्रिया