काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने बताएको छ ।

आर्थिक वर्ष २०७८र७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

पत्रकारको उपचारका लागि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिललगायतका संस्थासँग मिलेर कार्य गरिने अर्थमन्त्री पौडेलले बताए । बजेटले सञ्चार गृहलाई पनि सहुलियत कर्जाको व्यवस्था गरेको उनले जानकारी दिए ।

यस्तै अर्थमन्त्री पौडेलले कोरोनाभाइरस महामारीबाट प्रभावित पत्रकारलाई लेखनवृत्ति सुविधा दिने पनि बताए ।

तपाईको प्रतिक्रिया