काठमाडौं । भर्खरै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नागरिकता सम्बन्धी अध्यादेशले सबै खालका आमाका सन्तानलाई सम्बोधन गर्न नसकेको भन्दै महिला सुरक्षा दबाब समूहले विरोध गरेको छ ।

समूहले आज जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ, ‘आमाको नामबाट सन्तानले नागरिकता प्राप्त गर्ने कुरा महत्वपूर्ण हुँदाहुँदै पनि यस्तो अस्थिर राजनैतिक वातावरणमा हतारहतार अध्यादेश ल्याइएको हुनाले यसबाट महिलाले प्राप्त गरेका सम्पूर्ण अधिकार गुम्ने हो कि ? जस्तो जोखिमपूर्ण स्थिति उत्पन्न भएको छ ।’

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ :

महिला सुरक्षा दवाव समुह नेपाल

प्रेस विज्ञप्ति

मिति २०७८ जेठ १५

भरखरै मिति २०७८ जेष्ठ ५ गते प्रधान मन्त्री के.पी शर्मा ओलीले स्पष्ट बहुमत देखाउन नसकी अल्पमतमा परेको समयमा नागरिकता जस्तो अति सम्वदेनशिल विषयलाई अध्यादेश विधेयकमार्फत ल्याएको कुराले महिला सुरक्षा दवाव समुह स्तब्ध भएको छ । कुनै पनि नेपालीले आमाको नामबाट नागरिकता पाउनु गलत होईन यो त गौरवको कुरा हो तर अहिले कोभिडको महामारीबाट देश गुज्रिरहेको अवस्थामा आमाको नामबाट सन्तानलाई नागरिकता दिने विषय जोड्दा आम नागरिकमा नागरिकताको अध्यादेशको विषयले अन्यौलको अवस्था श्रृजना भएको छ । आमाको नामबाट सन्तानले नागरिकता प्राप्त गर्ने कुरा महत्वपुर्ण हुदा हुदै पनि यस्तो अस्थिर राजनैतिक वातावरणमा हतार हतार अध्यादेश विधेयक ल्याईएको हुनाले यसबाट महिलाले प्राप्त गरेका सम्पुर्ण अधिकार गुम्ने हो कि जस्तो जोखिमपुर्ण स्थिती उत्पन्न भएको छ । अध्यादेश मार्फत ल्याएको भएतापनि यसले सबै खालका आमाका सन्तानहरुलाई संम्वोधन गर्न सक्ने पनि देखिदैन ।

अहिले नेपालमा परिश्थितिवश विभिन्न प्रकारका आमा र सन्तानहरु रहेकोमा प्राकृतिक आमा र उनका सन्तानहरुको मात्रै यो अध्यादेशले सम्वोधन गर्न सक्ने देखिन्छ ।यसकारण यो नागरिकताको अध्यादेशको विषय राष्ट्र र जनहितका साथै नेपाली आमा र सन्तानको हित अनुकुल नदेखिएकोले यसलाई तुरुन्त फिर्ता गरी नागरिकताको अध्यादेश विधेयक चालु संसदबाट सर्वदलीय सहमति सहित अनुमोदन हुने गरी ल्याउनका लागि हामी अपिल गर्दछौ ।

कल्याणी शाह
अध्यक्ष
महिला सुरक्षादवाव समुह

तपाईको प्रतिक्रिया