काठमाडौँ । प्रतिनिधिसभा विघटनको विपक्षमा परेका रिटको सुनुवाइ आउँदो मंगलबार हुने भएको छ । आज आइतबारको बहसमा कांग्रेस सभापति शेरबहादुर देउवा तथा १ सय ४६ रिट निवेदक सांसद्का तर्फबाट बहस गरेका वकिलहरूले संवैधानिक इजलासको गठनमाथि प्रश्न उठाएका थिए ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,शम्भु थापा,हरिहर दाहाल,रमण श्रेष्ठ,टीकाराम भट्टराई,गोविन्द बन्दीलगायत वकिलहरूले इजलासमा न्यायाधीशहरु बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राखिएकोमा प्रश्न उठाएका थिए ।

सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलका अनुसार संवैधानिक इजलासमा न्यायाधीशहरु श्रेष्ठ र केसी रहने/नरहने बारे भोलि सोमबारमात्रै निर्णय हुनेछ ।

तपाईको प्रतिक्रिया