काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिएका हुन् । यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको पनि पाण्डेले जानकारी दिए ।

थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया