काठमाडौं । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको हो।

पार्टी हित विपरित काम गरेको भन्दै जसपाले चार नेतालाई पार्टी सदस्यबाट निस्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिइसकेको छ।

जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा जाने तयारीमा छ।

अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न सोमबार बिहान बालुवाटार पुगेका थिए । ८ मन्त्री र दुई राज्यमन्त्रीसहित जसपाको ठाकुरपक्ष एक दुई दिनमै सरकारमा सहभागी हुने जनाइको छ।

जसपाले अघि सारेका माग सम्बोधन भएकाले ओली सरकारमा सहभागी हुने निर्णय लिएको जनाएको छ। जसपाको संसदीय दलमा ठाकुर(महतो पक्षको बहुमत छ। उनीहरुको पक्षमा २० सांसद छन्।

 

तपाईको प्रतिक्रिया