एजेन्सी । क्यानडाका आदिवासी समुदायका लागि बनाइएको एउटा बोर्डिङ स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला परेको छ ।

स्थानीय आदिवासी व्यक्तिहरुका अनुसार ती अवशेषहरु काम्पलुप्स नजिकैको सय वर्ष भन्दा पहिलेको बोर्डिङ स्कुलमा पढ्ने बालबालिकाको हो । तीमध्ये केही बालबालिकाहरु ३ वर्षका समेत थिए । तर उक्त घटनालाई बोर्डिङ स्कुल प्रशासनले दस्तावेजिकरण गरेको थिएन ।

यस घटनाबारे अनुसन्धान गरिने र थप तथ्य आगामी महिना सार्वजनिक गरिने बताइएको छ । यस घटना १९औँ शताब्दिको अन्त्यतिर यहाँको स्कुलमा भएको हुनसक्ने बताइन्छ । जानकारहरुका अनुसार १९औँ शताब्दिको अन्त्यतिर कामलुप्स इन्डियन रेसिडेन्सियल स्कुल १३९ वटा बोर्डिङ स्कुलमध्ये सबैभन्दा ठूलो थियो र जहाँ ५०० विद्यार्थी एकै पटक अध्ययनरत थिए ।

जुन स्कुल क्यानडा सरकार (१८९०-१९६९) को मातहत क्याथोलिक चर्चले सञ्चालन गर्दथ्यो । स्कुल अवधिभर कुल १५०००० इन्डियनहरुलाई यस स्कुलमा जवर्जस्ती भर्ना गरिएको थियो । साथै विद्यार्थीहरुलाई हेड मास्टर र अरु शिक्षकहरुले शारीरिक तथा यौन दुर्व्यवहार गर्थे र उनीहरुलाई आफ्नो भाषा र संस्कृतिबाट अलग्याउन यसरी स्कुलमा भर्ना गराइन्थ्यो ।

पछिल्लो समय यस क्षेत्रका समुदायमा फैलँदो गरिवी, मदिरापान र घरेलु हिंसा साथै आत्महत्याका घटनाप्रति तिनै पुराना घटना प्रमुख रुपमा जिम्मेवार मानिन्छन् ।

त्यसबेला एक सत्य तथा मेलमिलाप आयोगले विभिन्न आवासीय स्कुलहरुमा कम्तिमा ३२०० बालबालिकाहरु शारीरिक शोषण वा बेवास्ताका कारण ज्यान गुमाएको तथ्य सार्वजनिक गरेको थियो । यद्यपि त्यस्ता बालबालिकाको यकिन संख्या अझै अस्पष्ट छ ।

काम्पलुप्स स्कुलमा पनि यस्ता घटना भएको बताइन्छ । यद्यपि ुसांस्कृतिक नरसंहारुको रुपमा भएका यस्ता घटनाप्रति क्यानडाले २००८ मा माफी मागेको थियो ।

तपाईको प्रतिक्रिया