विभिन्न २२ राजनीतिक संगठनको कार्यगत एकता समुहले संसदबाट पारित नै नभएको एमसीसी परियोजना अन्तर्गतको बिद्युतको हाइटेन्सन लाइनका लागि अध्यादेशमार्फत छुट्याएको बजेट र व्यापार घाटा कम गर्न भन्दै ढुंगा गिटी निकासी गर्ने निर्णय खारेज गर्न माग गरेको छ ।

समुहका तर्फबाट नेता सीपी गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दै २२ दलले यस्तो माग गरेका हुन् । साथै २२ दलले यी दुवै विषय खारेज नगरे उत्पन्न हुने परिस्थितिका लागि सरकार स्वयं जिम्मेवार हुने चेतावनी दिएका छन् ।

उनीहरुले यसअघि नै अध्यादेशमार्फत ल्याएको बजेटको पनि विरोध गरिसकेका छन् । २२ दलीय संगठनमा नेकपा मसाल,नेकपा ,क्रान्तिकारी माओवादी, नेकपा माले लगायतका दल रहेका छन् ।

तपाईको प्रतिक्रिया