काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको १२ हजार २ पीसीआर परीक्षणमा ३ हजार ३ सय ७० जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ५ हजार ९ सय १ एन्टिजेन परीक्षणमा १ हजार १ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणबाट कोरोना देखिनेको संख्या ५ लाख ९१ हजार ४ सय ९४ पुगेको छ ।

यस्तै, २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ पुगेको छ । क्वारेन्टाइनमा ७ सय १८ जना रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा देशभर थप ९२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ ।

तपाईको प्रतिक्रिया