सुर्खेत जिल्लाको राउटे समुदायका दुई युवतीमाथी भएको घटनाप्रति महिला सुरक्षा दवाब समुहले चिन्ता व्यक्त गर्दै दोषीमाथी कडा भन्दा कडा कानुनी कार्वाहीको निम्ति प्रेस बिज्ञाप्ती प्रकाशन गरेको छ ।

मुलुकमा दिन प्रतिदिन बढ्दै गएको महिला माथीको हिंसाप्रति सरकारको ध्यान गम्भीर हुन अनुरोध गरेको छ ।

देशको रैथाने समुदायप्रतिको सुरक्षा राज्यको दायीत्व भएको र यसैगरि राउटे समुदायको मौलिक सभ्यता, सँस्कृति र रहनसहनको अपमान गर्दै राउटे समाजको मौलिकता माथी खलल गर्ने जो कोहीप्रति कडाभन्दा कडा सजायको माग गरेको छ ।

तपाईको प्रतिक्रिया