९ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।

हङकङका नागरिकले भ्याक्सिन लाउने कुरामा उदासीनता प्रकट गरेपछि जर्मन उत्पादित बायोएन्टेक भ्याक्सिनको लाखौं डोज भ्याक्सिन यहि अगस्ट ११ तारीखबाट भ्याक्सिनको म्याद गुज्रन थाल्ने भएकोछ। सरकारको भ्याक्सिन अभियानलाई चौतर्फीबाट ठुला व्यापारिक कम्पनीले भ्याक्सिन लट्री   र अन्य सर सुबिधा भ्याक्सिनको दुबै डोज लाउनेलाई दिलाउन थालेपछि हप्ता दिन भित्र  नै भ्याक्सिन बुकिङ र भ्याक्सिन लाउनेको संख्या ह्वात्तै बढेकोछ।

हङकङमा कोरोना विरुद्धको खोप २६ फेब्रुअरी २०२१ बाट परिचालन भएको हो र आज  १०४ दिन  पुग्यो। जुन ८ तारीख सम्मको तथ्यांक अनुसार कुल भ्याक्सिन लाउनेको संख्या २७,१६,००० पुगेको छ हङकङमा ।

बायोएन्टेक भ्याक्सिनको पहिलो डोज लिनेको संख्या ८,९२,००० पुगेको छ भने दोस्रो डोज लिनेको संख्या ६,५५,८०० पुगेको छ। 

केही समय अघि हङकङ सरकारले २० लाख डोज बायोएन्टेक भ्याक्सिन हङकङ भित्रिएको मध्ये अब ४,७०,००० डोज मात्र बाकी रहेको जनाएको थियो । तर आजको दिन सम्म आइपुग्दा केवल २,४०,००० डोज मात्र उब्रीएको अवस्था छ जुन १,२०,००० मानिसको लागि ठिक्क हुन्छ।

हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल तुल्याउन फेरि जुन ८ तारिख हङकङका सबैभन्दा धनी व्यक्ति लि का शिङले हङकङ डलर २ करोड (hk$20 million ) बराबरको भाग्य  चिट्ठा दुबै डोज भ्याक्सिन लगाउनेका लागि उडाउने घोषणा गरेकाछ्न। यस भाग्य चिट्ठाका प्रायोजक कम्पनीहरु निम्न रहेका छ्न – सिके एसेट होल्डिङ लिमिटेड (CK Asset Holdings Limited),  च्यङ कोङ होल्डिङ्स, सिके हचिसन होल्डिङ्स लिमिटेड र लि का सिङ फाउन्डेसन ।

३१ तारीख अगस्ट भन्दा अगाडि दुबै डोज भ्याक्सिन लगाएका , उमेरले १८ वर्ष नाघेका , हङकङ आइडी होल्डरले यस भाग्य चिट्ठामा भाग लिनको लागि आफ्नो नाम दर्ता गर्न सक्नेछन। प्रथम पुरस्कार बिजेतालाई च्यङ कोङ होल्डिङ्सले हङकङ डलर ५० लाख बराबरको उपहार भौचर दिनेछ जुन भौचरलाइ च्यङ कोङ डिभलपमेन्ट अन्तर्गतको कुनै पनि प्रोपर्टी खरिद गर्नको लागि प्रयोग गर्न सकिनेछ भनिएको छ।

वास्तवमा हङकङ डलर २ करोड बराबरको लक्की ड्रबाट प्राप्त हुने  च्यङ कोङ ग्रुप गिफ्ट भौचरहरुलाइ च्यङ कोङ ग्रुप अन्तर्गतको कुनै पनि ब्रान्डका सामानहरु खरिद गर्नको लागि प्रयोग गर्न सकिनेछ।

बिजेताहरुले भौचरलाइ निम्न कम्पनीको समान तथा सेवाहरु खरिद गर्न सक्नेछ्न – पार्कएनसोप, वाटसन ,वाटसन वाइन सेलर, फोर्ट्रेस, ३हङकङ , हचगो ट्राभल वेबसाइट  र इएसडिलाइफ । भौचरलाइ होटलमा बस्न र बसेको बेलाको खानपिनको लागि , विजुलीको बिल आदि तिर्नको लागि समेत प्रयोग गर्न सकिनेछ।

हङकङ डलर ५० लाख बराबरको पुरस्कार एक जना बिजेताले मात्र  पाउनेछ। दोस्रो पुरस्कारको विजेता दुई जना हुनेछ्न र पुरस्कार भौचर जनहीलाई तीस लाख हङकङ डलर बराबरको हुनेछ।  तेस्रो पुरस्कार तीन वटा हुनेछ र प्रत्येक विजेताले हङकङ डलर १० लाख बराबरको भौचर प्राप्त गर्नेछ । चौथो पुरस्कार विजेता १० जना हुनेछन र प्रत्येक विजेताले हङकङ डलर ५ लाख बराबरको भौचर प्राप्त गर्नेछ्न।

पाँचौ पुरस्कार २० जना विजेतालाई दिइनेछ र प्रत्येक विजेताले हङकङ डलर ५० हजार मुल्य बराबरको पुरस्कार प्राप्त गर्नेछन। यस लक्की ड्र अन्तर्गत जम्मा ३६ जना  विजेता हुनेछ्न।

तपाईको प्रतिक्रिया