न्युयोर्क । अमेरिका । गुरूङ (तमु) सोसाईटी ईन्क यूएसएद्वारा आयोजित प्रथम डा. हर्क गुरूङ स्मृति भलिबल प्रतियोगिताको पहिलो उपाधी सिन्धु भलिबल टीमले हात पारेको छ।

कडा प्रतिष्पर्धाका साथ सप्पन्न  अन्तिम खेलमा सिन्धु भलिबल टीमले म्याग्दी समाज भलिबल टीमलाई हराएर प्रथम भएको हो । प्रथम पुरस्कार स्वरुप नगद तीन हजार डलर , प्रमाणपत्र र ट्रफी राखिएको थियो ।

दोश्रो स्थान ओगट्न सफल   म्याग्दी भलिबल  टीमले पुरस्कार स्वरुप नगद दुई हजार डलर ,प्रमाण-पत्र र ट्रफी हासिल गरेको थियो ।

मेमोरियल डे को अवसर पारेर न्यूयोर्क राज्यको लङ आइल्याण्ड सिटि , क्युइन्स बृज (Long Island City, Queens Bridge ) पार्कमा  जुन ५ र ६ तारीख २०२१ मा उक्त प्रतियोगिताको आयोजना भएको  थियो।

अपोलो मेनुफेक्चरिङ इन्कर्पोरेसन(Apollo manufacturing Inc. ) र बुद्ध ट्याक्स एन्ड अकाउन्टिङ
(Buddha Tax & Accounting ) को मुख्य प्रायोजन र अन्य विभिन्न व्यावसायी,संघ-संस्था तथा व्यक्तिहरुको  प्रायोजन पनि रहेको थियो ।

आमा-समूह, युवा समूह र  एण्डी चेनको विशेष सहयोग रहेको यस प्रतियगितामा आयोजक भलिबल टीम सहित न्यूयोर्कको विभिन्न आठ भलिबल टीमहरू र मेरील्याण्ड ,न्यूजर्सी राज्यबाट एक-एक भलिबल टीमको सहभागिता रहेको थियो।

प्रतियोगिताको समुद्घाटन जुन ०५,२०२१ को दिन आयोजक संस्थाको संस्थापक अध्यक्ष तुलसी गुरूङद्वारा
भएको थियो। प्रतियोगिता शुरू हुनु भन्दा अगाडी स्व. डा.हर्क बहादुर गुरूङ र हालको महामारी कोभिड- १९ को विषम परिस्थितिमा ज्यान गुमाउनु भएका सम्पूर्ण नेपालीहरूको दिवंगत आत्माप्रती  चीर शान्तीको कामना गर्दै मौन धारण गरिएको थियो।

लगभग ५०० भन्दा बढी खेलप्रेमी नेपालीदर्शकहरूको उपस्थिति रहेको उक्त प्रतियोगितामा नेपालको राष्ट्रिय गीत र संयुक्त राज्य अमेरीकाको राष्ट्रिय गीतको प्रस्तुत गरिएको थियो ।
  भलिबल प्रतियोगिता खेल  रेफ्री द्वय दीपक रोका मगर र प्रेम हमाल ठकुरीले  भलिबल कोर्टमा बल हानेर  उद्घाटन गरेका थिए ।

जुन ०६,२०२१ का दिनका प्रमुख अतिथि आदिवासी  जनजाती महासंघ अमेरीका अध्यक्ष  लोक चेम्जोङ लिम्बु रहका थिए ।

विशेष अतिथिहरूमा न्यु सिटि डिस्ट्रीक २५ का काउन्सिल  सदस्य ( New City District 25 ) का उम्मेद्वार  यि (एण्डी)चेन (YI(ANDY)CHEN), गैर आवासिय नेपाली संघ न्यूयोर्क च्याप्टर नव निर्बाचित सभापति  आङ छिरीङ शेर्पा, तमु प्ये ल्हु संघ, न्युयोर्कका अध्यक्ष श्री मिलन गुरुङ  लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरु रहेका थिए ।

   गुरूङ (तमु)सोसाईटीका अध्यक्ष  विजय गुरूङ, संस्थापक अध्यक्ष तुलसी गुरुङको हातबाट विभिन्न खेलका विजेता र कलाकारहरुलाइ मेडल, ट्रफी , प्रमाणपत्र आदि पुरस्कार  हस्तान्तरण गरिएको थियो ।

संस्थाको सह-सचिव श्री तोरण गुरूङद्वारा संचालित उक्त कार्यक्रमको अन्तमा डिजे जाङ्बु शेर्पाले संगीत बजाएर मनोरञ्जन दिलाएका थिए ।

तपाईको प्रतिक्रिया