चिकित्सा शिक्षा आयोगको स्वायत्तता विरुद्ध स्वेच्छाचारी डण्डा चलाउन लागि परेको केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन गरेका बृहत् नागरिक आन्दोलनका १३ जना अभियन्तालाई गिरफ्तार गरिएको छ । आज बालुवाटारमा ११ बजे प्रदर्शनको क्रममा उहाँहरुलाई गिरफ्तार गरी कमलपोखरी प्रहरी वृत्तमा लगिएको छ ।

साहित्यकार एवं अभियन्ता खगेन्द्र संग्रौलासँगै नारायण वाग्ले, युग पाठक, संजीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जानबाबुलाई पक्राउ गरिएको हो ।

लोकतान्त्रिक प्रकृया र संविधानलाई नै घातक प्रहार गर्न उद्यत ओली सरकारले जनस्वास्थ्यको पक्षमा उत्रिएका अभियन्ताहरुलाई गिरफ्तार गर्दै आफ्नो सर्वसत्तावादी अनुहार फेरि प्रदर्शन गरेको छ ।

बृहत नागरिक आन्दोलनद्धारा प्रकाशित बिज्ञप्तीमा भनिएको छ  ” हामी उहाँहरुको तत्काल रिहाइ गरिएन भने कडा संघर्षका कार्यक्रम गर्न हामी बाध्य हुने छौं । हामी जनस्वास्थ्यको बजारीकरणलाई तीव्रता दिने सरकारको अलोकतान्त्रिक र अवैध कदमको भत्र्सना गर्दै जनस्वास्थ्यको पक्षमा देशभरि प्रतिरोध जारी राख्न पनि सबैलाई अपिल गर्दछौं ।”

तपाईको प्रतिक्रिया