यो मनको आवाज भित्रको मौन आर्तनादहरुले,
चिथोर्छ किन मलाई सधैं काला रातहरुले ।

कथा आफ्नै ब्यथा आफ्नै यहाँ हर जिन्दगीका,
नातागोता सम्बन्ध सब देख्छु मत बन्धकिमा।

यो मनको सागरभित्रका बिचलित भावहरुले,
चिथोर्छ किन मलाई सधैं काला रातहरुले।

हिजो अनि भोलि बिच सुन्यता फैलिएझैँ,
देख्छु पुस्ता-पुस्ता जोड्ने साघु भत्किएझैँ ।

यो मनको जलन भित्रका भर्भराउदा रापहरुले,
चिथोर्छ किन मलाई सधैं काला रातहरुले।

Dec14/2020
खुशी थुलुङ्ग

तपाईको प्रतिक्रिया