काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सोमबार विभिन्न जिल्लामा गरिएको ९ हजार ४३८ पीसीआर परीक्षणमा २ हजार ४९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ५ हजार ३ सय ८१ एन्टिजेन परीक्षणमा ८ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १० हजार ५ सय २१ पुगेको छ ।

यस्तै, २४ घण्टामा ५ हजार १ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ३६ हजार २ सय ५२ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।

तपाईको प्रतिक्रिया