जसपाको वरिष्ठ नेता अशोक राईको प्रमुख आथित्य र जसपा, नेपाल लिम्बुवान राष्ट्रिय समितिको खगेन्द्र माखिमको अध्यक्षतामा सम्पन्न भर्चुवल कार्यक्रममा प्रमुख अतिथि अशोक राईले कार्यक्रमलाई सम्बोधन गर्दै काम चलाउ ओलि सरकारमा जसपा नेपाल सहभागी नभएको र जसपाले ओली सरकारलाई समर्थन नगर्ने बिचार व्यक्त गरे ।

राईले प्रधानमन्त्रीको कदम प्रतिगामी, अबैधानिक र अलोकतान्त्रिक भएको र “ओली संघीयता, पहिचान, गणतन्त्र बिरोधि नेता हुन् ।” भन्ने बिचार व्यक्त गर्नु भएको थियो संसद विघटन “कु” यो आम जनता प्रतिको धोका हो । बहुमत प्राप्त सरकार संबिधानका धारा कुल्चदै, आफ्नै दल समाप्त पार्ने, आफ्नो सहयोगी साथीहरूलाई सिध्याउने जस्ता कदम चाल्नु भनेको तानाशाही कदम हो । भन्ने बिचार व्यक्त गरेका थिए ।

यसैगरि कार्यक्रमका अध्यक्ष तथा नेता खगेन्द्र माखिमले ओली सरकार यो युगलाई पछाडि धकेल्न प्रयत्नशील छ तर अबको युग पहिचानवादीहरुको हो तर त्यसको मुल बाधक ओली प्रवृत्ति हो । भन्ने बिचार व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी धेरै जसोले ओलीको कदम सम्पूर्ण पहिचानवादीहरुको विरुद्ध रहेको र लिम्बुवान सहित १० प्लस १ प्रदेश सुनिश्चितताको लागि ओलीको विकल्प अपरिहार्य छ भन्ने बिचार राखेका थिए ।

तपाईको प्रतिक्रिया