बेलबारी । जसपा नेपालका संघीय परिषद अध्यक्ष डाक्टर बावुराम भट्टराईले पुस ५ गतेको संसद विघटन देखि यताको घटनाहरुमा वैदेशिक चलखेल भएको बताउनु भएको छ ।

जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा शनिवार भएको वर्तमान नेपाली राजनीतिमा भूराजनीतिक प्रभाव र वैकल्पिक शक्ति निर्माणको बाटो विषयक भर्चुअल सम्वादमा भट्टराईले सामरिक स्वार्थको कारण संविधानबाट प्राप्त धर्म निरपेक्षता, संघियता, समावेशीता माथि खतरा भएको बताउनु भयो ।

भारतीय स्वार्थ र प्रधानमन्त्री ओलीको महत्वकांक्षा मिलेकाले प्राप्त व्यवस्था र परिवर्तन खारेज गरेर आफ्नो स्वार्थका लागि खेल्न खोजेको उहाँले बताउनु भयो ।

सोही क्रममा त्यहि भुराजनितिक चेपुवामा जसपाका केही नेता विशेष गरि पुर्व राजपाका नेताहरु परेको समेत उहाँले बताउनु भयो ।
भारत र चिनले लामो समय देखि नेपालमा विभिन्न ढंगले प्रभुत्व कायम गर्ने गरिरहेको छ, ६० को दशकदेखि त भारत, चिनसँगै अमेरिका समेत नेपालमा भुराजनितिक दाउपेचमा संलग्न रहेको र अबको लडाई अग्रमन र पश्चगमनको लडाई भएको बताउनु हुँदै प्रतिगामी ओलि नेतृत्वको सरकार विरुद्ध एक भएर उभिनु जरुरी भएको बताउनुभयो ।

लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा भएको कार्यक्रम मुख्य सचिव केदार धिमालले सञ्चालन गर्नु भएको थियो । राष्ट्रिय समितिले हरेक शनिबार पार्टिका नेताहरुका साथ विविध विषयमा भर्चुअल सम्वाद सञ्चालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया