काठमाडौं । राजिव गुरुङ (दीपक मनाङे) फेरि विनाबिभागिय मन्त्री बनेका छन् । गण्डकी मन्त्रिपरिषद्मा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिए पनि मनाङेलाई कुनै जिम्मेवारी दिइएको छैन ।

दीपकले सुरुमा गृह र त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरिरहेका छन् । त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै छन् । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पोखरेलको सिफारिसमा मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।

सरकार परिवर्तनमा निर्णायक बनेका मन्त्री दिपक मनाङ्गेले भने मुख्यमन्त्रीबाट धोका पाएका छन् ।

कांग्रेसभित्र मनाङ्गेलाई विनाबिभागीय मन्त्रीमै राख्न मुख्यमन्त्रीमाथि चर्को दवाव परेको छ । सोही कारण आज जिम्मेवारी तोक्दा उनलाई कुनै जिम्मेवारी दिइएको छैन । त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै रहेका छन् । पछिल्लो समय गण्डकीमा कांग्रेस र माओवादीबीच महत्वपूर्ण मन्त्रालय आफूहरुले लिएर छाडेको मन्त्रालय जसपालाई दिने र मनाङ्गेलाई विनाबिभागीयमै राख्ने भित्री योजना बनेको छ ।

 

तपाईको प्रतिक्रिया