सरकारले कोभिड १९ उपचारका लागि सरकारी अस्पतालहरू, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकललाई मात्र तोकेको छ । असार ६ गते सचिव स्तरीय तहबाट यस्तो निर्णय भएको हो ।

सरकारले सेवा सम्झौता गरेका सबै निजी अस्पतालहरूलाई आजका मितिदेखि १० दिनभित्रको उपचारको मात्र शोधभर्ना दिने निर्णय गरेको स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा समीरकुमार अधिकारीले जनाएका छन् ।

साथै सम्पूर्ण निजी अस्पतालहरूलाई नेपाल सरकारले तोकेको दर रेटभन्दा वढी शुल्क नलिई सेवा प्रवाह गर्न आग्रह गर्दै अन्यथा भए कारवाही हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया